पोखरा, २५ भदौ । नेपाल तरुण दल कास्कीले तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्यामा संलग्नलाई कारवाही गर्न मागगर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
तरुण दल कास्कीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा सरकारमा रहेको दल नेकपाका कार्यकर्ताहरुले पुनलाई गोली प्रहार गरी हत्या गरेको भन्दै घटनाको निन्दा गरिएको छ ।
ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिन गर्न र पुनलाई शहिद घोषणा गर्न माग गरिएको छ ।
पुनलाई शहिद घोषणा नगरे तरुण दल जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्र बुझाउन नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको नेतृत्वमा सचिव नरेन थापा, क्षेत्रीय अध्यक्षहरु दिपक गुरुङ, डिआर भट्टराई, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल, विद्यार्थी नेताहरु तारानाथ अधिकारी र दिपेन्द्र लामिछाने लगायतको टोलि जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
Related News
सम्बन्धित समाचार
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
सोंथर बेँसी मेलाको तयारी तिव्र
Archives
Archives