पोखरा, ५ असोज । पोखराको लामाचौरमा अकला मिडिया प्रालिद्वारा संचालित
रेडीयो अकला शुक्रबारदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ ।
रेडीयोले समाचारमूलक, मनोरञ्जन, बहसमूलक, शिक्षा, स्वास्थ्य, बाल अधिकार
लगायतका कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ । रेडीयोमा १० जना कर्मचारी
कार्यरत छन् ।
सवैको सहयोगले एक वर्ष पूरा गर्न सफल भयौ, प्रालिका अध्यक्ष बिराज
शर्माले भने – ‘हामीले अझै बढी सहयोग र सद्भावको आशा गरेका छौं।’
दोस्रो वर्ष प्रवेशको अवसरमा शुक्रबार केक काट्नुको साथै कार्यक्रम पनि
गरेको छ ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवन
आचार्यले पर्यटन, व्यवसाय, सामाजिक गतिविधि प्रवद्र्वनमा रेडीयोले निर्वाह
गरेको भुमिका प्रशंसनीय भएको बताए ।
समाजसेवी गुरुदत्त पहारीले सत्यतथ्य सामग्री प्रशारण गरी स्रोताको मन जित्न आग्रह गरे ।
आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले संचार क्षेत्रप्रति
युवाहरुले प्रतिवद्वताले आफुलाई उत्साहित बनाएको बताए ।
समाजसेवी दुर्गादत्त बास्तोलाले रेडीयोलाई सकेको सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
अकला मिडिया प्रालिका अध्यक्ष बिराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम
कार्यक्रम प्रस्तोता दिनेश वाग्लेले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
सोंथर बेँसी मेलाको तयारी तिव्र
Archives
Archives