आज बिहानै

राष्ट्र न्यूज सम्वाददाता
असाेज २९, २०७५
44035530_268807547308503_7902358770846531584_n

आज असोज २९ गते सोमबार मर्निङवाकका लागि पोखरा–१३ विजयपुरहँुदै माथि डाँडा उक्लने सोच्दै थिए । तर विजयपुर पुग्नेबित्तिकै नजिकै केही कराएझंै आवाज आएपछि मेरो ध्यान त्यतातिर मोडियो । दाहिनेतर्फ गाईको बाच्छी देखियो, नजिक पुग्नेबित्तिकै बाच्छीले सिधँै मेरो आँखामा हे¥यो।

अशक्त र शरीरको केही अंगमा कीरा समेत परेको बाच्छीको हेराइले सहयोग, सहाराको याचना गरेको पाएँ। त्यसपछि आफ्नै सुरमा अघि बढें। तर अघि बढ्दा पाइलैपिच्छै बाच्छीको अवस्था आँखामा आइरह्यो–घुमिरह्यो । त्यहाँबाट फर्कने निर्णय लिँदै त्यही बाच्छीको नजिक गएँ। स्थानीयसँग सोध्दा थाहा पाएँ केही दिन पहिले कसैले बाच्छीलाई त्यहाँ लगेर छाडिदिएका रे । फेरि बाच्छीतिर फर्के अनि संकल्प गरें । उद्वार गरी उपचार गराउँछु । तर तत्काल सम्भव थिएन ।

भारी मन लिएर घर फर्केेर सबैभन्दा पहिला छोरालाई यो कुरा सुनाएपछि उसले साथ दिन खोजिहाल्यो, बूढीलाई सुनाएँ हिम्मत दिइन् । नजिकैका दुई भाइ कुशल र सञ्जीवन सिग्देललाई सुनाएपछि उनीहरु पनि तयार भए । बेटाडिन र कपास जोहो गर्दै भ्यान लिएर बाच्छी उद्वारमा सबैजना विजयपुर पुग्यौं । बाच्छीको शरीरको कीरा बेटाडिन लगाएर हटाएपछि भ्यानमा राखी उपचारार्थ पशु सेवा कार्यालय, कास्कीमा पु¥यायौं । त्यसरी लगिएका पशु के–कसो गर्ने अन्यौलताबीच पशु सेवा विभाग पोखरा महानगरपालिकाका कर्मचारी नवराज अधिकारीले बाच्छीका लागि आवश्यक वातावरण मिलाउन प्रयास गर्ने वचन दिएपछि हामीहरु बाच्छी त्यही छोडेर फर्कियौं । पशु सेवा कार्यालयमा आवश्यक सहजिकरण गरिदिने पशु स्वास्थ्य प्राविधिक सुरेश श्रेष्ठ र शेरबहादुर दाईलाई मनैदेखि धन्यवाद दिन्छु ।

जय नेपाल

Related News

सम्बन्धित समाचार

Archives

Archives