वीपी स्मृति भवन निर्माणका लागि कर्ण दास सांगितिक साँझ गरिदै

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १५, २०७५
45241106_1671674342938350_795581045918400512_n

पोखरा, १५ कात्तिक । वीपी स्मृति भवन निर्माणका लागि सहयोग जुटाउन कास्कीमा कर्ण दास सांगितिक साँझ – २०७५ गरिने भएको छ ।

नेपाली काँग्रेस माछापूच्छ«े गाउँपालिका वडा नं २ इकाई समिति कास्कीले सो कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम कात्तिक १७ गते शनिवार गण्डकी रेम्बो ट्राउट फार्म हाउस भुर्जुङखोलामा हुनेछ । कार्यक्रम सम्पन्न गर्न तीन लाख रुपैया खर्च लाग्ने र १२ लाख बचत हुने अनुमान गरिएको नेपाली काँग्रेस माछापूच्छ«े गाउँपालिका वडा नं २ इकाई समितिका सभापति गुञ्जमान गुरुङले जानकारी दिए ।

भवन निर्माणका लागि १० लाख रुपैया अपुग भएकाले रकम जुटाउन कार्यक्रम गर्नु परेको उनको भनाई छ ।

इकाई समितिको पहलमा सार्दीखोलामा निर्माणाधिन भवनको ७० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।

भवन निर्माणका लागि सार्दीखोलाका समाजसेवी आशबहादुर गुरुङले जग्गा दान गरेका थिए । भवनमा पुस्तकालय, सेमिनार हल र इकाई समितिको कार्यालय रहने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives