काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले भने –‘पोखरा महानगरपालिकाले अनियमित कार्य ग¥यो’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १६, २०७५
congress

पोखरा, १५ कात्तिक। पोखरा महानगरपालिकामा काँग्रेसतर्फबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका कार्यालयले अनियमित कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।

महानगरपालिकाले डिजिटल होर्डिङ बोर्ड राख्न टेण्डर प्रक्रिया अघि बढाउने निर्णयविपरीत काम गरेको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको उनीहरुले जनाएका हुन् ।

त्यस्तै, महानगरभित्रका विद्यालयहरुको लेखापरीक्षणका लागि गैरकानूनी तवरले लेखापरीक्षकको सूची दर्ता गरी नीति-नियमविपरीत कार्य भएको भन्दै ध्यानाकर्षण जनाएका छन् ।

काँग्रेसतर्फबाट निर्वाचित पोखरा वडा २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडातर्फबाट पोखरा महानगरपालिकाको दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा हस्ताक्षर गरी बिहीबार प्रकाशित गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ।

विज्ञप्तिमा महानगरजस्तो स्थानीय सरकारले नागरिकहरुलाई सुशासन, पारदर्शीता दिनुको साटो आफ्नै कार्यपालिकाका सदस्यलाई थाहै नदिई बहुमतको दम्भमा एकलौटी ढंगबाट गरिएका कार्यहरुले नगरबासी लज्जित बन्नुपर्ने अवस्था सृजना भएको उल्लेख छ।

यस्तै, एकलौटी ढंगबाट भएका गैरकानूनी कार्य तत्काल बन्द गर्न समेत अनुरोध गरिएको छ।

पोखरा महानगरपालिकाद्वारा अनियमित रुपमा भएको कार्यबारेको समाचार यसअघि आदर्श समाज दैनिकले प्रकाशित गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives