धन्वन्तरी जयन्तीमा स्पर्शमा आयुर्वेद स्वास्थ्य शिविर

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १९, २०७५
45512105_1928123123909104_1748675980148342784_n

पोखरा, १९ कात्तिक । पोखराको न्यूरोडस्थित स्पर्श आयुर्वेद अस्पताल प्रालिले आयोजना गरेको आयुर्वेद स्वास्थ्य शिविर सोमबार सकिएको छ ।

आयुर्वेदका प्रर्वद्वक धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा शुक्रबारदेखि शिविर गरिएको थियो ।
सेवाग्राहीको हितलाई मध्यनजर गर्दै यस्ता शिविर गरिरहने छौै, अस्पतालका प्रवन्ध निर्देशक गजेन्द्र थापाले भने – ‘सेवाग्राहीको सन्तुष्ठि नै हाम्रो लक्ष्य हो।’

शिविरमा डा. ओमप्रकाश कलौनी, डा. कमल शर्मा, डा. रामकृष्ण भुजेल, डा. सुशीला छन्त्याल, डा. प्रफुल्ल चन्द्र यादव र अनिल थापाले उपचार सेवा प्रदान गरेका थिए ।

शिविरमा हाडजोर्नी, पायल्स फिस्टुला, स्त्री तथा प्रसुती, मधुमेह , उच्च रक्तचाप लगायतको उपचार सेवा उपलब्ध गराइएको थियो ।

सोमबार एक कार्यक्रम गरी शिविर समापन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लालीगुँरास टोल विकास संस्थाकी अध्यक्ष मेनुका बरालले अस्पताल र टोल विकास संस्था समन्वय गरी अघि बढ्नु पर्नेमा जोड दिईन् ।

गण्डकी अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा.ओमप्रकास कलौनीले आमनागरिकको हितको लागि स्वास्थ्य शिक्षाका कार्यक्रमहरुलाई प्रवद्र्वन गर्नुपर्ने बताए ।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले उपचार सेवामा जनताको पहुँच पु¥याउन जरुरी भएको औल्याए ।

पश्चिमाञ्चल आयुर्वेद हेल्थ सेन्टरका अध्यक्ष कसुमकेशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिलकुमार भुजेलले स्वागत र प्रवन्ध निर्देशक गजेन्द्र थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives