कास्की काँग्रेसमा जिल्ला सदस्य र आमन्त्रित जिल्ला सदस्य मनोनयन

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ५, २०७५
42044712_10217344373508381_4507669297862017024_n

पोखरा, ५ मंसिर । नेपाली काँगेस कास्कीमा बुधबार ६ जना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

जिल्ला सदस्य मनोनित हुनेहरुमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्द ज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् ।

आमन्त्रित जिल्ला सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल मनोनित भएका छन् ।

बैठकले मंशिर महिनामा कास्कीका पाँच वटै स्थानीय तहमा कार्यशाला गर्ने निर्णय गरेको छ ।

कार्यशालाका लागि पोखरा महानगरपालिकामा माधव बास्तोला मधु संयोजक र विजयराज आचार्य सहसंयोजक रहेको उपसमिति गठन गरिएको छ ।

त्यस्तै, मादी गाउँपालिकाका लागि बृजमान गुरुङ, रुपा गाउँपालिकाका लागि देवेन्द्र रानाभाट, अन्नपूर्ण गाउँपालिकाका लागि पोषनाथ शर्मा र माछापूच्छ«े गाउँपालिकाका लागि लक्ष्मी पाण्डेलाई संयोजक तोकिएको छ ।

कार्यशालामा निर्वाचनका उम्मेद्वार, इकाई समिति, भातृ तथा शुभेच्छुक संघ÷संस्थाका पदाधिकारी सहभागि हुने छन् ।

बैठकले नेपाली काँग्रेसका नेता केशव रेग्मी र महिला नेतृ प्रभाश्री गुरुङ अस्वस्थ्य भई राजधानीमा उपचार गराइ रहेकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives