पोखराबाट महिलाहरुले भने – ‘सरकार सक्छस् न्याय दे, नसके राजीनामा दे’

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २५, २०७५
48261418_568438950262513_5560102659530162176_n

पोखरा, २५ मङ्सिर । १६ दिने महिला हिंसा बिरुद्वको अभियान अन्तर्गत पोखरामा प्रदर्शन गरिएको छ ।

नेपाल महिला संघ क्षेत्र नं २ कास्की र नेपाल महिला संघ कास्कीले संयुक्त रुपमा प्रदर्शन गरेको हो ।

पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेसको कार्यालयबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल हुदै वीपी चोक पुगेको नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटले जानकारी दिईन् ।

प्रदर्शनपछि वीपी चोकमा आधा घण्टा धर्ना दिदै दिउँसै मैनवत्ति बालेर न्याय खोजिएको थियो ।

कञ्चनपूरकी निर्मला पन्त, कास्कीकी पुष्पा कार्की, श्रेया बिक लगायत महिला माथि हुने हत्या, हिंसा र बलात्कार विरुद्व प्रदर्शन गर्दै सरकारसँग न्याय खोजिएको नेपाल महिला संघ क्षेत्र नं २ कास्कीकी सभापति शारदा गिरीले जानकारी दिईन् ।

प्रदर्शनमा निर्मला पन्तका हत्यालाई कठघरामा ले, महिला हिंसा अन्त्य गरौं, टोल÷टोलमा सरकार, गोजी÷गोजीमा भ्रष्टाचार, सरकार भेटियो न्याय भेटिएन, सरकार सक्छस् न्याय दे, नसके राजिनामा दे लगायतका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रम नेपाल महिला संघ क्षेत्र नं २ कास्कीकी सभापति शारदा गिरीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives