मेलमिलाप दिवसमा प्रवचन

राष्ट्र न्यूज सम्वाददाता
पौष १५, २०७५
nc-flag

पोखरा, १५ पुस । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोखरामा पुस १६ गते कार्यक्रम गरिने भएको छ ।

कास्की काँग्रेसले पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम गर्न लागेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रमको तयारी पूरा भएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीका अनुसार, पार्टीका उपसभापति विजयकुमार गच्छादारको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो ।

उनले कार्यक्रममा सहभागिताका लागि पार्टीका नेता तथा कार्यकर्ता र प्रजातन्त्रवादीलाई आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives