कास्की काँग्रेस विरोध प्रदर्शनको तयारीमा

राष्ट्र न्यूज सम्वाददाता
माघ १५, २०७५
42044712_10217344373508381_4507669297862017024_n

पोखरा, १५ माघ । नेपाली काँग्रेस कास्की माघ २१ गतेको विरोध प्रदर्शनको तयारीमा जुटेको छ ।

कास्की काँग्रेसको मङ्गलबार बसेको बैठकले प्रदर्शनलाई प्रभावकारी बनाउने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

काँग्रेसले सरकारका गतिविधि विरुद्व माघ २१ गते देशभरका ७७ जिल्लामा नै प्रदर्शन गर्दैछ ।

बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई प्रदर्शनको तयारीमा जुट्न निर्देशन पनि दिएको छ ।

पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगाहुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने छ ।

त्यस्तै, बैठकले काँग्रेस नेता एवं प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा माघ १८ गते शोकसभा गर्ने निर्णय गरेको छ ।

पोखरा चिप्लेढुङ्गास्थित कास्की काँग्रेसको परिषरमा हुने शोकसभामा काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि हुने छन् ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives