सुनपँदालीमा विराट ज्ञान महायज्ञ हुने

राष्ट्र न्यूज सम्वाददाता
फागुन १७, २०७५
53850256_310247969685874_4898791847586955264_n

 पोखरा, १७ फागुन । मादी गाउँपालिका वडा नं ५ सुनपँदालीफाटस्थित ओमकारेश्वर शिव मन्दिरमा श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ हुने भएको छ ।

ओमकारेश्वर शिवालय सेवा समितिले गर्न लागेको महायज्ञ फागुन २३ देखि ३० गतेसम्म चल्ने छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

महायज्ञको ८० प्रतिशत तयारी पूरा भएको छ, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष भुपेन्द्रप्रसाद अधिकारीले भने – ‘तिन÷चार दिनभित्र सवै तयारी पूरा गर्छाै।’

महायज्ञ सम्पन्न गर्न गठित मूल आयोजक समिति सहित विभिन्न २७ वटा उपसमितिहरुले तयारी तिव्र पारेका छन् ।

६ फिटका एक सय आठ ओटा जलधारा सहितको शिवलिङ्ग र विष्णु शैया बनाउनका लागि अर्थ संकलन गर्ने उदेश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । त्यस्तै, मन्दिर संचालनका लागि अक्षयकोष स्थापना गर्ने तथा संस्कृत विश्वविद्यालय स्थापनाका लागि समेत पहल गर्ने बताइएको छ ।

महायज्ञबाट दुई करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न १८ देखि २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।

महायज्ञ उद्घाटनपूर्व २३ गते कलशयात्रा निकालिने छ । पोखरा – १३ काँहुखोलाबाट शुरु हुने कलशयात्रा विभिन्न स्थान परिक्रमापछि महायज्ञस्थल पुगेर उद्घाटन समारोहमा परिणत हुने छ ।

महायज्ञसँगै तुलादान, ब्रतबन्ध, योग शिविर, चौरासी पूजा, ग्रहशान्ति, सहस्र शिव पूजा अर्चना, संङ्गितमय प्रवचन गरिने छ । महायज्ञमा युवा पण्डित कमलनयन गौतमले भागवत् वाचन गर्ने छन् ।

कास्कीको पूरानो प्राचिन मन्दिर भइकन पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले महायज्ञले मन्दिरको प्रचारप्रसारमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

यसअघि १४ वर्ष पहिलेपनि महायज्ञ आयोजना गरिएको थियो । त्यतिबेलाको महायज्ञबाट संकलित रकमबाट सभाहल सहितको भवन निर्माण गरिएको थियो ।

कार्यक्रममा महायज्ञ अनुगमन उपसमितिका संयोजक सूर्यनाथ अधिकारी र पूजारी व्यवस्थापन उपसमितिका संयोजक नगेन्द्रप्रसाद अधिकारीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives