कास्की काँग्रेस जनजागरण अभियान शुरु गर्दै

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ८, २०७६
42044712_10217344373508381_4507669297862017024_n

पोखरा, ८ वैशाख । नेपाली काँग्रेस कास्कीले वैशाख ११ गतेदेखि कास्कीमा राष्ट्रिय जनजागरण अभियान संचालन गर्ने भएको छ ।

कास्की काँग्रेसको आइतबारको बैठकले केन्द्रीय निर्देशन अनुसार नै सो अभियान संचालन गर्ने निर्णय गर्दै अभियानलाई प्रभावकारी बनाउने तयारी शुरु गरेको छ ।

अभियानलाई कसरी प्रभावकारी बनाउने भन्नेमा कास्की काँग्रेस केन्द्रीत छ, जिल्ला सदस्य नवीन सिग्देलले भने – ‘अभियानको उदेश्य पूरा हुने गरी तयारीमा जुट्ने छौ।’

पोखरा चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणमा वैशाख ११ गते कार्यक्रम गरी अभियान शुभारम्भ गरिने छ ।

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अभियान शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

हिमाल, पहाड, तराई, मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान भन्ने मूल नाराका साथ काँग्रेसले वैशाख ११ देखि सवै जिल्लामा अभियान संचालन गर्न लागेको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives