डा. थापाले ल्याए ‘अब त जनतासँग नहोस् हजुर झेल’ गित

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २०, २०७६
geet

पोखरा २० वैशाख । पोखरा महानगरपालिका २५ हेमजा निवासी डा. अनिल थापाले अब त जनतासँग नहोस् हजुर झेल भन्ने बोलको गित ल्याएका छन् ।

शिर्ष नेतृत्वले पटक÷पटक जनतालाई आश्वासन मात्र दिने गरेको तर्फ व्यङग्य गर्दै उनले सो गित ल्याएका छन् । उनको सो गित  युट्ुवमा हेर्न सकिन्छ ।

गित मार्फत मुख्य गरी नेपालमा रेल संचालन गर्ने प्रतिवद्वता पूरा गर्नका लागि दबाब दिइएको छ ।

कहिले मुलुकलाई स्वीजरल्याण्ड बनाउँछु भनियो, कहिले बेरोजगारी समस्या पूर्णरुपमा समाधान गर्छु भन्दै भोट मागिएको छ, उनले भने – ‘नेताको आश्वासनले जनता वाक्क भएकाले सो गित तयार पारेको हु ।’

उनले युट्ुवमा गित हेरेर आवश्यक सुझाव दिन आग्रह गरेका छन् । गितको रचनाकार डा अनिला थापा नै हुन् भने रोम तामाङले संगित दिएका छन् । गितको कोरसमा टिना पुन, सृजना गायक र उर्मिला पुन छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives