प्रेस युनियन कास्की विरोध प्रदर्शन गर्दै

राष्ट्र न्यूज सम्वाददाता
जेठ १, २०७६
Press-Union.jpg.jpeg

पोखरा, १ जेठ । सञ्चार माध्यममाथि अंकुश लगाउने प्रस्तावित विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले बिहिवार विरोध प्रदर्शन गर्ने भएको छ ।

वर्तमान सरकारले यो वा त्यो वहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको विधेयक खारेजीको माग गर्दै प्रदर्शन गर्न लागेको नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकलाई तत्काल खारेजीको माग गर्दै पत्रकारहरुले बिहिबार महेन्द्रपुलमा आफ्ना सञ्चार सामाग्री सहित विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए ।

पत्रकारलाई लेखेकै आधारमा नियन्त्रण गर्न खोज्ने लोकतन्त्रमाथिकै हस्तक्षेप हुने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives