बगर व्यवसायी कल्याणकारी समितिको अध्यक्षमा बास्तोला

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १२, २०७६
59064629_1999713826824396_7952904243793362944_o

पोखरा, १२ साउन । पोखरा १ स्थित बगर व्यवसायी कल्याणकारी समितिको प्रथम अधिवेशनले आगामी २ वर्षका लागि प्रकाश बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बलराम भण्डारी, महासचिवमा मेघनाथ काफ्ले, कोषाध्यक्षमा भोजराज पौडेल, सहसचिवमा कमलप्रसाद सुवेदी छन् । सदस्यमा कुशलकुमारी गौतम, पुष्पराज पौडेल, यादवप्रसाद अधिकारी, सूर्यप्रसाद भण्डारी, जमुना भण्डारी अधिकारी, ओमप्रकाश अधिकारी, मनोजराज रेग्मी, गीताकुमारी अधिकारी छन् ।

यस अघि साधारणसभा उद्घाटन गर्दै पोखरा १ की वडाध्यक्ष शारदा पराजुलीले व्यवसायीलाई सामाजिक सुरक्षा आवश्यक भएको बताइन्। उनले व्यवसायीले अधिकारसँगै आफ्नो कर्तव्य पनि ख्याल गर्नुपर्ने उल्लेख गरिन् ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन प्रजापतिले सरकारले हचुवाका भरमा अनलाईन बिलिङ्ग सिष्टम ल्याएको भन्दै विरोध गरे ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष मनपति भण्डारीले व्यवसायीले उपभोक्ताको हितलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका सदस्य बलराम आचार्य र संस्थाका सल्लाहाकार दिननाथ सुवेदीले बोलेका थिए ।

बगर व्यवसायी कल्याणकारी समितिका अध्यक्ष उपाध्यक्ष बलराम भण्डारीले स्वागत र सचिव मेघनाथ काफ्लेले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives