स्पिच थेरापी सम्बन्धी तालिम

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १९, २०७६
talim

पोखरा, १९ साउन । पोखरा ८ स्थित अटिज्म केयर सोसाईटी गण्डकी कास्कीले फरकक्षमताका बालबालिकाका लागि स्पिच थेरापी सम्बन्धी तालिम दिएको छ ।

२ हप्तासम्म चलेको तालिममा संस्थाका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए । तालिममा बेल्जियम नागरिक नटहलिइ भर्लिन्डेले सहजिकरण गरेकी थिइन् ।

तालिममा सहजिकरण गरी सहयोग गरेको भन्दै संस्थाका उपाध्यक्ष रत्नमान गुरुङ र फरकक्षमताका अमित उदासले सम्मान गरेका थिए ।

तालिमलाई ओटी डा. लता पराजुलीले विशेष सहयोग गरेकी थिइन् । त्यसअवसरमा सामाजिक अभियन्ता रमेश श्रेष्ठले बोलेका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्रमान उदासको अध्यक्षता भएको कार्यक्रम सचिव मुकुन्द लम्सालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives