स्वास्थ्यकर्मी संघद्वारा गोरखा घोषणापत्र जारी

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १९, २०७६
narayan photo

पोखरा, १९ साउन । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीका समस्या समाधान गर्न माग गर्दै ३ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेको उपस्थितिमा गोरखामा बसेको बैठकले घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा जनताको स्वास्थ्यमा खेलवाड नहुने र स्वास्थ्यकर्मीको मनोबलमा असर नपुग्ने गरी समायोजन गर्न, तहगत रुपमा समायोजन गरी यथाशक्य छिटो दरवन्दी सृजना गरी समायोजनको सूची निकाल्न माग गरिएको छ ।

त्यस्तै, श्रम ऐन २०७४ अनुसार करारमा कर्मचारी भर्ना गर्दा स्थानीय तह र प्रदेश सरकारले कानून विपरीत कम तलबमा करार सम्झौता गरेकाले त्यसलाई सच्याउन पनि माग गरेको छ ।

संघले माग पूरा नगरे जस्तो सुकै आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
बैठकले बाढीपहिरोका कारण धनजनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

बैठक नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष नारायण बरालको अध्यक्षतामा बसेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives