युवा दिवसमा ट्रेड युनियन काँग्रेसको प्रशिक्षण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २८, २०७६
trade union

पोखरा, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण गरेको छ ।

कार्यक्रममा ट्रेड युनियन अभियान तथा अधिकार र युवा नेतृत्व बारे प्रशिक्षण दिइएको नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति कास्कीका उपाध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।

प्रशिक्षणमा नेपाल ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङ, युवा समिति सचिव सुदीप बुढाथोकी र व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी विभाग सदस्य निर्मल घिसिङले सहजिकरण गरेका थिए ।

प्रशिक्षण उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता देवराज चालिसेले युवा देशको सबैभन्दा ठूलो शक्ति भएको बताए ।

उनले युवाहरु भिजन र एक्सन सहित देश निर्माणका लागि जुट्नु पर्ने औल्याए । नेता चालिसे पार्टीले आफूलाई दिने जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव राजेश पालिखेले ट्रेड युनियन अधिकारी बारे अझै पनि कम श्रमिकलाई जानकारी रहेको भन्दै सबै श्रमिक माझँ ट्रेड युनियन अधिकार पु¥याउनु पर्नेमा जोड दिए ।

नेपाली काँग्रेस कास्की सदस्य एवं नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले श्रम दिने मालिक र सीप दिने श्रमिक दुवैको आ÷आफ्नै महत्व रहेकोभन्दै श्रमिकलाई कमजोर नठान्न आग्रह गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा युवा समिति संयोजक सूर्य पराजुलीले स्वागत, ट्रेड युनियन काँग्रेस कास्कीका बरिष्ठ उपाध्यक्ष कमलप्रसाद सापकोटाले धन्यवाद र युवा समिति सचिव गणेशबहादुर कार्कीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives