गुरुकुल हाजिरीजवाफमा विन्ध्यवासिनी प्रथम

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १५, २०७६
gurukul

पोखरा, १५ भदौ । संस्कृत युवा मञ्च नेपालले कास्की जिल्लास्तरीय गुरुकुल हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।

कास्कीका ९ वटा गुरुकुल आश्रमका १८ समूहको सहभागिता रहेको प्रतियोगितामा विन्ध्यवासिनी गुरुकुल विद्याश्रम प्रथम, सिद्व परोपकार वैैद्विक गुरुकुल आश्रम द्वितीय र विन्ध्यवासिनी गुरुकुल विद्याश्रम तृतीय भएका छन्।

विजेता समूहलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै देवघाट महेश सन्यास गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीले धर्म, संस्कृति र संस्कार संरक्षणका लागि गुरुकुल आश्रम एक हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा मनोचिकित्सक डा शुशील कँडेलले उपयोगी कर्मकाण्ड माला एनरोड एप्लिकेशन शुभारम्भ गर्दै जुनसुकै कर्मकाण्ड सम्वन्धी ज्ञान अब मोबाइलबाट पनि प्राप्त गर्न सकिने भन्दै खुशी व्यत्त गरे ।

केदारेश्वर पिठाधीश डा लेखनाथ आचार्यले यस्ता गतिविधिले धर्म संस्कृति संरक्षणमा सहयोग पुग्ने उल्लेख गरे ।

संस्कृत युवा मञ्च नेपालका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य विष्णु गौतमले स्वागत र सदस्य सबिन लामिछानेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives