कास्की काँग्रेसको क्षेत्र नं १ र २ मा समायोजन

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २०, २०७६
flag

पोखरा, २० भदौ । नेपाली काँग्रेस कास्कीले स्थानीयतह पुनसंरचना अनुसार क्षेत्र नं १ र २ मा समायोजन गरेको छ ।

 सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र वडा सभापतिको भेलाले २ क्षेत्रमा समायोजन गरेको हो ।

 स्थानीय तह संगठन पुनसंरचना अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार समायोजन गरिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

 कास्की क्षेत्र नं १ को सभापतिमा बृजमान गुरुङ यथावत् रहेका छन् ।  सो क्षेत्रको (क) को सभापतिमा शरदराज सुवेदी र (ख)को सभापतिमा कृष्ण कोइराला चयन भएका छन् ।

 त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा माधव बास्तोला ‘मधु’, सो क्षेत्रको (क)को सभापतिमा विजयराज आचार्य र (ख) को सभापतिमा दिपेन्द्र मरासिनीले जिम्मेबारी पाएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives