काँग्रेस अगुवा नेता गुरुङको निधन

राष्ट्र न्यूज सम्वाददाता
असाेज १५, २०७६
71679722_2442020225834273_6990506114047541248_o (1)

पोखरा, १५ असोज । नेपाली काँग्रेसका क्रियाशील सदस्य एवं अगुवा नेता मिजुरे निवासी जोखबहादुर गुरुङको ७७ वर्षको उमेरमा मङ्गलवार निधन भएको छ ।

केही समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनको मिजुरे रबैडाडाँस्थित घाटमा अत्येष्टि गरिएको छ ।

उनको पार्थिक शरिरमा नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, जिल्ला सदस्य ओमप्रकाश गुरुङ, आमन्त्रित जिल्ला सदस्य प्रेमबहादुर तामाङ, मादी ८ का वडाअध्यक्ष यमबहादुर गुरुङ , मादी ८ का सभापति कृष्ण न्यौपाने, सचिव खुशबहादुर गुरुङ, नेता आशबहादुर तामाङले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । उनका १ श्रीमती र २ छोरा छन् ।

उनी साविक मिजुरे ३ को २ पटकसम्म वडाध्यक्ष बनेका थिए । त्यस्तै, नारायण आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन् ।

यसैबीच, कास्की काँग्रेसले शोक विज्ञप्ति प्रकाशित गरी उनको निधनमा दुःख व्यक्त गरेको छ ।

कार्यवाहक सभापति आइबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामनागर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives