युवा टोल सुधार समितिको सांस्कृतिक साँझ

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १८, २०७६
yuwa tole

पोखरा, १८ कात्तिक । पोखरा १३, स्थित युवा टोल सुधार समिति(क्लब)ले छैटौं सांस्कृतिक साँझ गरेको छ ।

विभिन्न चाडपर्वको अवसर पारेर वीपी मार्गमा आयोजित कार्यक्रम झण्डै ३ हजार जनाले अवलोकन गरेका थिए । कार्यक्रममा क्षितिज श्रेष्ठको एकल सहित विभिन्न व्याण्डको प्रस्तुती रहेको थियो ।

टोलको बृहत्तर विकास, थप सिसि क्यामेरा जडान र दिदीबहिनीको पितृमोक्ष कार्यका लागि स्नानगृह निर्माण गर्न अर्थ संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रमबाट करीब ३ लाख रुपैया संकलन भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले विकास निर्माणलाई प्राथमिकता दिएको बताए ।
पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले रचनात्मक कार्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

पोखरा १३ का पूर्व वडाध्यक्ष नारायण गुरुङले एक्लो प्रयासले केही उपलब्धी नहुने भन्दै टोलवासिबीच एकता आवश्यक रहेको बताए ।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले सामाजिक सेवामार्फत् समाज रुपान्तरणका लागि जुट्ने युवालाई सम्मान गर्नुपर्ने आवश्यकता औल्याए ।

समितिका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुरज भण्डारी ‘सपुत’ ले स्वागत र सल्लाहकार राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives