खेमराज जिताउँन ९२ वर्षीय लम्साल पनि प्रचारमा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २६, २०७६
Lamsal

पोखरा, २६ कात्तिक । पोखरा–१७ मा घरदैलो चल्दै गर्दा सोही क्षेत्रका ९२ वर्षीय टंकनाथ लम्साल पनि सहभागी भए ।

यसक्रममा उनको हातमा रुद्राक्षको माला थियो । उनले आफू आजीवन काँग्रेसको पक्षमा उभिएको बताए । मुलुकमा काँग्रेसबाहेक अन्य पार्टीबाट केही आशा गर्न नसकिने बताए ।

संविधान काँग्रेसको पालामा बनेको भन्दै लम्सालले २४० वर्षको राजतन्त्र अन्त्य पनि काँग्रेसकै अगुवाईमा भएको बताए ।

आफू चुनाव प्रचारमा कहिल्यै नहिंडेको भन्दै उनले यस पटक त्यागी नेता खेमराज पौडेल उम्मेदवार बनेकाले आफूलाई निकै खुशी लागेको बताए ।

पार्टीले पूराना मान्छेलाई बल्ल चिनेको छ, त्यही खुशीमा म पनि खेमराजलाई आशिर्वाद दिन यहाँ आएको हुँ उनले भने ।

त्यागी नेता खेमराजलाई जसरी पनि जिताउनै पर्ने भन्दै उनले खेमराजलाई जिताउन नसकिए त्यो भन्दा ठूलो अन्याय केही नहुने बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives