खेमराजलाई आशिर्वाद,‘जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २७, २०७६
khemraj poudel 1

पोखरा, २७ कात्तिक । पोखरा–१७ मा घरदैलोका क्रममा मतदाताले उम्मेद्वार खेमराज पौडेललाई टिका नै लगाइदिएर आशिर्वाद दिएका छन् ।

‘यो चुनाव जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू, खेमराजलाई टिका लगाइदिएर एक वृद्धाले दिएको आशिर्वाद थियो यो ।

‘तिमी इमान्दार छौं, कसैको चित्त दुखाएका छैनौ । अझै पनि इमान्दार बन्छौ भन्ने हाम्रो विश्वास छ’ सबैले ढाट्ने काम गरे तिमीले त्यस्तो नगर्नू सक्ने काममात्र गर्नु, झुट नबोल्नु’, अर्की एक वृद्धाको आशिर्वाद थियो, ‘तिमीले संस्कृति विद्या पढेका छौ, तिमीलाई पाप गर्न पक्कै डर लाग्छ । त्यसैले तिमीप्रति भरोषा छ ।’

मतदाताको घरघरमा पुगेका उम्मेदवार खेमराजलाई यस्तै सहानुभूतिको ओइरो लागेको छ । उनले पढाएका कति चेलाहरू खुट्टा समात्न, समकक्षीहरू अंकमाल गर्न आइपुग्दा खेमराज निकै उत्साहित देखिन्छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives