प्रेस युनियनका पार्षद् पराजुलीलाई मातृशोक

राष्ट्र न्यूज सम्वाददाता
माघ १४, २०७६
radha

पोखरा, १३ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् एवं पत्रकार कमल पराजुलीलाई मातृशोक परेको छ ।

पोखरा ४ निवासी पराजुलीकी ममतामयी आमा राधा पराजुलीको ६३ वर्षको उमेरमा निधन भएको हो ।

केही समयदेखि क्यान्सरबाट पीडित पराजुलीको राजधानीमा उपचारका क्रममा आइतबार राति निधन भएको थियो ।

सोमबार पोखरा तुल्सिघाटस्थित सेती नदीमा स्वर्गीय पराजुलीको अत्येष्टि गरिएको छ ।

शवयात्रामा परिवारजन, आफन्त र शुभेच्छुकको सहभागिता थियो । उनका १ छोरा र २ छोरी छन् ।

यसैबीच, नेपाल प्रेस युनियन कास्कीले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय पार्षद पराजुलीलाई मातृशोक परेकोप्रति दुःख व्यक्त गरेको छ ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives