राहत वितरण व्यवस्थित र प्रभावकारी बनाउँ – कास्की काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १८, २०७६
flag

पोखरा, १७ चैत । नेपाली काँग्रेस कास्कीले सरकारले उपलब्ध गराउन लागेको राहतलाई व्यवस्थित र व्यवहारिक बनाउन माग गरेको छ ।

राहत वितरणका लागि तयार पारिएको मापदण्ड अव्यवहारिक र झन्झटिलो भएकाले त्यसलाई सहज बनाउन माग गरेको हो ।

‘विपन्न र गरीब नागरिकका लागि जतिसक्दो चाडो राहत जरुरी छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, राहत वितरणलाई सहज र छिटो छरितो बनाउन आवश्यक छ ।’

दैनिक ज्यालादारी र मजदुरी गर्नेसँग मापदण्ड अनुुसारको कागजपत्र हुन सक्ने अवस्था नरहेको भन्दै व्यवहारिक भएर राहत उपलब्ध गराउन माग गरेको हो ।

विज्ञप्तिमा गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा पोशाक र उपकरणलगायतका सामग्री अभाव हुँदा आवश्यक परीक्षण र उपचारमा ढिलाई हुनु चिन्ताजनक विषय भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा कोरोना बाहेक अन्य बिरामीको अवस्थाप्रति पनि सम्वेदनशील हुँदै उपचार व्यवस्था मिलाउन माग गरिएको छ ।

विज्ञप्तिमा मुलुक राष्ट्रिय संकटमा रहेका बेला कोरोना रोकथाम र परीक्षणका लागि खरिद गरिएका उपकरणमा करौडौ रुपैया भ्रष्टाचार भएको सार्वजनीक भएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलका अनुसार, समस्यामा परेकालाई सहयोग गर्न र विपन्नलाई राहत उपलब्ध गराउन नामावली संकलनमा सक्रिय बन्न कास्की काँग्रेसले सबै इकाइलाई आग्रह गरेको छ ।

यसैबीच, नेपाली काँग्रेसको तर्फबाट पोखरा महानगरपालिकाका मेयरका उम्मेद्वारी रामजी कुँवर र उपमेयर उम्मेद्वार सरस्वती गुरुङले पनि विज्ञप्तिमार्फत् राहत आवश्यक सबै नागरिकलाई राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा संकटका बेला आफुहरु पोखरेलीको साथमा रहेको भन्दै धैर्य गर्न अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives