अधिकारीद्वारा मास्क, ग्लब्स र सेनिटाइजर सहयोग 

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २०, २०७६
2 no

पोखरा, २० चैत । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रयास भैरहेको छ ।

यसका लागि सरकारी, गैह्सकारीदेखि विभिन्न व्यत्ति तथा संघसस्थाले आआफ्नै किसिमले सहयोग पनि गर्दै आइरहेका छन् ।

यसैक्रममा पोखरा महानगरपालिका वडा नं १२ निवासी विद्या अधिकारीले पनि सहयोग गरेकी छन् ।

उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मास्क, ग्लब्स र सेनिटाइजर वितरण गरेकी हुन् ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सर्वधारणलाई उनले त्यस्तो सहयोग गरेकी हुन् ।

उनले व्यक्तिगत रुपमा एक हजार ७० थान मास्क, ६ सय ३० थान ग्लब्स र करीब २० बोतल सेनिटाइजर विरतण गरेकी थिइन् ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरसफाइ आवश्यक रहेकाले सहयोग गरेको अधिकारीको भनाइ छ । ‘संकटका बेला जे सकिन्छ, जे आवश्यक छ त्यहि सहयोग गर्नुपर्छ, उनले भनिन्, समस्याका बेला सहयोग गर्नु हरेक नागरिकको कर्तव्य हो।’

उनको सो कार्यलाई डा. आशिष त्रिपाठी, डा. मदनप्रसाद बराल र मणि रेग्मीले सहयोग पु¥याएका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives