निर्माण व्यवसायी समितिद्वारा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २१, २०७६
Nirmad 1

पोखरा, २० चैत । निर्माण व्यवसायी समिति पोखरा नेपालले लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई सहयोग गरेको छ ।

समितिले पोखरा ३१ बेगनास माझथरमा रहेका २५ परिवारलाई करीब १ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । समितिले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरेको थियो ।

समितिका अध्यक्ष नारायण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन थापा, वरिष्ठ उपाध्यक्ष नवराज बस्नेत, सचिव शिव खड्कालगायतका पदाधिकारी एवं सदस्यले सहयोग हस्तान्तरण गरेका थिए ।

‘समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका हौ अध्यक्ष नारायण गुरुङले भने, संकटका बेला सकेको सहयोग गर्नु सबैको कर्तव्य हो।’

Related News

सम्बन्धित समाचार

Archives

Archives