नव वर्ष २०७७ मा कास्की काँग्रेसद्वारा शुभकामना

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १, २०७७
flag

पोखरा, १ बैशाख । नेपाली काँग्रेस कास्कीले नव वर्ष २०७७ को अवसरमा सबैप्रति शुभकामना व्यक्त गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा प्रकाशित शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सबैप्रति सुस्वाथ्य, दीर्घायू, शान्ति र समृद्विको कामना व्यक्त गरिएको छ ।

नेपाली नयाँ वर्षले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि शक्ति मिल्ने विश्वास व्यक्त गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रिय संकटका बेला धैर्य गर्न अनुरोध गर्दै, आफूपनि सुरक्षित रहन र अरुलाई समेत सुरक्षित बनाउन अपिल समेत गरिएको छ ।

शुभकामनामा अहिले एक भएर विपद्सँग जुट्नु पर्ने समय भएकाले नयाँ वर्षले सबैबीच एकता र सद्भाव कायम गर्ने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives