काँग्रेस जिल्ला सदस्य तिमिल्सिनालाई मातृशोक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १६, २०७७
timilsina ama

पोखरा, १६ वैशाख । पोखरा १८, सराङकोट निवासी नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ ।

उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा अन्त्येष्ठि गरिएको छ ।

उनका तीन छोरा र तीन छोरी छन् । शवयात्रामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, छिमेकी र आफन्त सहभागी थिए ।

कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसी, नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति पोषनाथ शर्मा र कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देललगायत दाहसंस्कारस्थलमा पुगेर श्रद्वाञ्जली अर्पण गरेको नेपाली काँग्रेस पोखरा १८ वडा कार्यसमितिका सभापति शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

तीन छोरामध्यका जेठा छोरा कृष्णप्रसाद तिमिल्सिना डिएलए कास्कीका पूर्व अध्यक्ष पनि हुन् । कान्छा छोरा दिपेन्द्र तिमिल्सिना काँग्रेस क्रियाशील सदस्य हुन् । माइला छोरा सूर्यप्रकाश तिमिल्सिना ‘पालुवा’ शिक्षक हुन् ।

यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives