संचारकर्मीकाबीच नेपाल प्रेस युनियन कास्की

राष्ट्र न्यूज सम्वाददाता
जेठ १०, २०७७
padam ji

पोखरा, १० जेठ । नेपाल प्रेस युनियन कास्कीले संचारकर्मीलाई सहयोग गरेको छ ।

लकडाउनका बेला रिपोर्टीङ गरिरहेका संचारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुको साथै समस्यामा परेकालाई सहयोग गरिएको हो ।

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको पहलमा दोस्रो चरणसम्म ३० जनाभन्दा बढी संचारकर्मीलाई मास्क, सेनिटाइजर र ग्लब्स तथा समस्यामा परेका संचारकर्मीलाई सहयोग गरिएको उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बताए ।

दोस्रो चरणका लागि पोखरा महेन्द्रपुलस्थित पाथिभरा सर्जिकल सप्लायर्सकी प्रोपाइटर विद्या अधिकारीले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकी थिइन्।

‘संचारकर्मीको आवश्यकता र समस्यामा नजिक हुने छौं, अध्यक्ष नवीन सिग्देलले भने, संचारकर्मीसँगै आमनागरिकका समस्याप्रति पनि गम्भीर छौं।’

Related News

सम्बन्धित समाचार

Archives

Archives