राष्ट्रियताका लागि एक भए कसैले पेल्न सक्दैनन् – केसी

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०७७
Surya bd kc

पोखरा, १४ जेठ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले राष्ट्रियताको विषयमा सबै एक जुट भएमा कसैले पेल्न नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको २९औं स्थापना दिवसमा कास्की शाखाले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनले प्रेस जगतले लिपुलेकको कुरा उठाएपछि मात्र सीमा विवाद राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुद्धा बनेको बताए । वर्तमान सरकारले काँग्रेसकै सहयोगका कारण नयाँ नक्सा बनाएको उनको भनाइ छ ।

‘लिपुलेक हाम्रो पुर्खाले आर्जेको भूभाग हो यसलाई हामीले गुम्न दिनुहुदैन’ उनले भने, ‘यसलाई फिर्ता लिन सबै एकतावद्ध हुन आवश्यक छ।’

उनले सत्तामा बस्नेहरूले आफू टिक्नका लागि भएपनि सीमाको विषयमा दह्रो ढंगले कुरा उठाउन नसकेकै कारण समस्या बल्झिरहेको बताए ।

नेता केसीले राज्यले सञ्चार जगतलाई जहिले पनि दुश्मनको रुपमा हेर्ने गरेको भन्दै यसबाट पत्रकार र सञ्चारकर्मी अझ धेरै सजक र सशक्त हुनुपर्ने खाँचो औंल्याए ।

सरकार जति निरकुंश बन्दै जान्छ त्यसको असर पत्रकारलाई पर्ने भएकोले यो बेलामा पत्रकार अझै क्रियाशील हुनुपर्ने उनको भनाइ छ।

‘अब पनि यहि तरिकाले लकडाउन बढाउँदै जाने हो भने भयावह अवस्था सृजना हुन्छ’ केसीले भने, ‘अब कृषि, उत्पादनशिल र अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छ ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives