प्रेस युनियनको स्थापना दिवसमा सदस्य श्रेष्ठलाई अवार्ड

राष्ट्र न्यूज सम्वाददाता
जेठ १४, २०७७
Award photo

पोखरा, ,१४ जेठ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मङ्गलबार २९ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा प्रेस युनियन अफ दी इयर अवार्ड सदस्य अनिषा श्रेष्ठलाई प्रदान गरिएको छ ।

कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सो अवार्ड यसवर्ष पहिलो पटक कार्यसमिति सदस्य श्रेष्ठलाई प्रदान गरिएको अध्यक्ष नवीन सिग्देलले बताए । श्रेष्ठलाई नगद पाँच हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीले अवार्ड प्रदान गरेका थिए ।

एक वर्ष अघिको बैठकले प्रत्यक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसमा कार्यसमिति सदस्यमध्यबाट एक जना सदस्यलाई अवार्ड दिने निर्णय गरेको थियो ।

कार्यसमितिका सदस्यले संस्थाका लागि निर्वाह गरेको भूमिकाको मूल्यांकन गरी प्रोत्साहन गर्न सो अवार्ड व्यवस्था गरिएको हो।

प्रेस युनियन कास्कीले यसवर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्ने छ ।

त्यस अवसरमा सवारी दुर्घटनामा घाईते भएका नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य सुमन गुरुङलाई १० हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले सरकार जति निरकुंश बन्दै जान्छ त्यसको असर पत्रकारलाई पर्ने भएकोले यो बेलामा पत्रकार अझै क्रियाशील हुनुपर्ने बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रलाई जोगाउनका लागि पत्रकारले सधै खबरदारी गर्नुपर्ने बताए ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले श्रमजीवी पत्रकारको सुरक्षाको विषयमा संगठनले सधै आवाज बुलन्द गर्ने बताए ।

नेपाल प्रेस युनियनका सल्लाहकार रविन्द्र बास्तोलाले यो अवार्डले पत्रकारितामा क्रियाशिल रहेकालाई प्रोत्साहन गर्ने बताए ।

नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुको हक हितमा सरकार अनुदार देखिएको आरोप लगाए ।

सम्मानित व्यक्तित्व अनिषा श्रेष्ठले अवार्डले आफूलाई हौसला मिलेको बताईन् । त्यस अवसरमा नेपाल प्रेस युनियका केन्द्रीय सदस्य टंक अधिकारीले कार्यक्रमको प्रशंशा गर्दै प्रेस यनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सम्मानित अनिषा श्रेष्ठलाई प्रेस युनियनको लोगो अंकित पिन लगाएका थिए ।

कार्यक्रममा औषधी पसल अनलाईन फार्मेसीका प्रोपाईटर ध्रुव शर्माले मास्क हस्तान्तरण गरेका थिए ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०४८ साल जेठ १३ गते १७ जना प्रजातन्त्रवादी पत्रकारहरुको भेलाबाट युनियनको स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives