समाजसेवी अधिकारीद्वारा सहयोग

राष्ट्र न्यूज सम्वाददाता
जेठ २४, २०७७
bidhya

पोखरा, २४ जेठ । पोखरा १२, माटेपानी निवासी समाजसेवी विद्या अधिकारीले पोखरा ५ मालेपाटनस्थित क्वारेन्टिनमा बस्नेहरुका लागि सहयोग गरेकी छन् ।

उनले एक थान ३२ इन्चको लाटन टिभी, एक थान इमर्जेन्सी लाइट, ४ सय पिस ग्लब्स, ४ सय पिस मास्क, १० थान सेनीटाइजर, बेड १ सेट, ५ केस पानीका साथै हेण्डवास, मार्टीन स्प्रे गरी करीब ८० हजार मूल्य बराबरको सहयोग गरेकी हुन् ।

पोखराका मुटुरोग विशेषज्ञ डा. आशिष त्रिपाठी, स्थानीय समाजसेवी मणि रेग्मी र सञ्चारकर्मी अपिल त्रिपाठीसँगको समन्वयमा उनले सहयोग गरेकी हुन् ।

यसअघि स्वास्थ्यकर्मी र संचारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकी अधिकारीले आगामि दिनमा असहज अवस्थामा रहेकालाई सहयोग गर्ने उल्लेख गरिन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives