कास्की काँग्रेसद्वारा जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति

राष्ट्र न्यूज सम्वाददाता
असार २९, २०७७
flag

पोखरा, २८ असार । नेपाली काँग्रेस कास्कीले विषम परिस्थितिमा गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति जनाएको छ ।

कास्की काँग्रेसको आइतबारको बैठकले जनप्रतिनिधिको सेवा सुविधा बढाउने निर्णय अव्यहारिक भएको भन्दै आपत्ति जनाएको प्रवत्ता नवीन सिग्देलले बताए ।

बैठकले लकडाउनका कारण नराम्ररी प्रभावित बनेको यातायात, पर्यटन र उद्योग क्षेत्रलाई राहत दिन सरकारसँग माग गरेको छ । लकडाउनको अवधिलाई सुन्य मानेर कर र ऋणको व्याजमा समेत सहुलियत दिन माग गरेको छ ।

बैठकले साउन १० गते भित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ आवेदन नामावलि जिल्लालाई बुझाउन वडा कार्यसमिति र साउन २२ गतेभित्र नयाँ आवेदन क्षेत्रमार्फत् जिल्लालाई बुझाउन क्षेत्रीय समितिलाई निर्देशन दिएको छ ।

बैठकले बाढिपहिरोका पीडित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन माग गरेको छ । साथै घाइते भएकाको शिघ्र स्वास्थ्यको लाभको कामना, दिवंगतप्रति श्रद्वाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

बैठकले मादी गाउँपालिका ४ मा असार २७ गते सामान्य घरासयी विवादमा नमराज सापकोटाले नेपाली काँग्रेसका क्रियाशील सदस्य पिताम्बर सापकोटाको हत्या गरेको घटनाको निन्दा गरेको छ । सोही घटनामा घाइते भई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका साविक थुमाकोडाडा गाविसका उपाध्यक्ष केशव सापकोटाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले सो घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

बैठकले प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी, पूर्व महामन्त्री तारानाथ रानाभाट र कास्की जिल्ला सचिव देवेन्द्र रानाभाटकी आमा खिमकुमारी रानाभाटको निधन भएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरी परिवारजनमा समेवदना व्यक्त गरेको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृण्ण केसीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives