पोखरा, ३१ असार । महिला तथा बाल उत्थान मञ्च कास्की पोखरा १३ ले निजी तथा आवासिय विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न माग गरेको छ ।
अनलाइन कक्षाका कारण अभिभावक र बालबालिका दुवैलाई तनाव सृजना भएको भन्दै बन्द गर्न माग गरेको हो ।
अनलाइन कक्षाका लागि भन्दै अभिभावक इन्टरनेट जडान गर्न बाध्य भएको, महंगो मोवाइल र ल्यापटप खरिद गर्नुपर्ने अवस्था सृजना हुँदा अभिभावकलाई आर्थिक भार र मानसिक दबाब परेको मञ्चको भनाइ छ ।
मञ्चले नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीका लागि अनलाइन कक्षा उचित नभएको भन्दै रोक्नका लागि सरोकारवालालाई ज्ञापन पत्र समेत बुझाएको छ ।
भौतिक दुरी कायम गरी कोभिडसँग लड्ने वातावरण सृजना गर्दै कक्षा सञ्चालन गर्न मञ्चले माग गरेको हो ।
मञ्चकी अध्यक्ष विष्णु कार्की नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला शिक्षा कार्यालय कास्की, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं १३, प्याब्सन कास्की र एनप्याब्सन कास्कीलाई ज्ञापन पत्र बुझाएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives