पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको पढाई शुरु

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १, २०७७
108003661_3192701577443017_1121031439647400749_o

पोखरा, १ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि चिकित्सा शिक्षाको पढाई शुरु भए भएको छ ।

प्रतिष्ठानले पत्रकार सम्मेलन गरी स्नातकोत्तर तह एमडी÷एम्एसको पढाई शुरु भएको जनाएको हो।

पहिलो चरणमा ६ वटा मेडिकल, सर्जिकल, अर्थाेपेडिक, गाइनेकोलोजी, पेडियाट्रिक र एनेस्थेसिया विभागमा पढाई शुरु गरिएको छ ।

ति विभागमा खुल्लातर्फका १२ र सरकारीतर्फका ५ जना गरी १७ जना विद्यार्थीले अध्ययन गर्ने प्रतिष्ठानका उपकुलपति प्रा. डा बुद्विबहादुर थापाले जानकारी दिए ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी मुुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उपकुलपति थापाको भनाइ छ ।

मेडिकल काउन्सिलको २०७६ असार ५ गतेको पूर्ण बैठकले प्रतिष्ठानलाई स्नातकोत्तर तहको पढाई सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको थियो ।

‘साढे ३ वर्षको मेहनतपछि पढाई शुरु गर्न सफल भएका छौं, उपकुलपति थापाले भने, प्रतिष्ठानका लागि आजको दिन ऐतिहासिक हो।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्य खगराज आचार्यले निजी अस्पतालका सञ्चालकले पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न नदिने षडयन्त्र गरेपनि त्यस्तो षडयन्त्र असफल भएको उल्लेख गरे ।

प्रतिष्ठानका सिनेटर आनन्दराज मुल्मीले गुणस्तरीय र सहज उपचार सेवा आजको आवश्यकता भएको बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives