काँग्रेस नेता गुरुङको निधन

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २, २०७७
108165412_2921971224579608_2619818314832185223_n

पोखरा, २ साउन । नेपाली काँग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

मृर्गाैला र मधुमेहबाट पीडित नेता गुरुङको काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी भूपू सैनिक संघको पूर्व अध्यक्ष र तत्कालिन संसदीय व्यवस्थामा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए ।

कास्कीको मादी गाउँपालिका ताङतिङमा जन्मेका गुरुङ लामो समयदेखि पोखरा र काठमाण्डौं बस्दै आएका थिए ।

पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनी काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं १ मा उम्मेद्वार बनेका थिए ।
गुरुङका एक श्रीमती, दुई छोरा र चार छोरी छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives