‘महान आमा’

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ४, २०७७
107489172_3054877207901196_5563332277336581176_n

पोखरा, ४ साउन । नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको १३ औं दिनको पुण्य तिथिमा आइतबार शोक सभा गरिएको छ ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २६ ले साँघुकोमुखस्थित रानाभाट निवासमा शोक सभा गरेको हो । शोक सभामा काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक र आफन्तको सहभागिता थियो ।

शोक सभामा बोल्ने वत्ताहरुले स्व. खिमकुमारी रानाभाट असल, बहादुर र त्यागि भएको भन्दै महान आमाका रुपमा स्मरण गरे ।

प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारीको एक सय वर्षको उमेरमा असार २३ गते निधन भएको थियो।

नेपाली काँग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रप्रति प्रतिवद्व र समर्पित परिवारको साथ काँग्रेसले पाएको बताए ।

नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापा र कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्वं रानाभाट महान आमा भएको भन्दै रानाभाट परिवारको घर काँग्रेसका लागि मन्दिर भएको बताए ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २६ का सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा परिवारकोतर्फबाट देवेन्द्र रानाभाट र वडा कार्यसमिति सचिव चिनिया थापाले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives