पोखरा, ४ साउन । लायन्स क्लब अफ पोखरा माउन्टेन भ्युसिटिले वृक्षरोपण गरेको छ ।

क्लबले पोखरा १९ पुरुन्चौरस्थित धारा आधारभूत विद्यालय परिषरमा वृक्षरोपण गरेको हो । जोन चेयर पर्सन श्रीकृष्ण कतिलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

क्लबका संस्थापक अध्यक्ष टिकाराम सुवेदी, निवर्तमान अध्यक्ष बलराम आचार्यलगायत क्लबका पदाधिकारी एवं सदस्यले वृक्षरोपण गरेका थिए ।

विभिन्न प्रजातिका करीब २० बिरुवा रोपिएको कार्यक्रम सहसचिव विष्णु बास्तोला प्रकाशले संयोजन गरेका हुन् ।

क्लबका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव रेवत बज्राचार्यले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here