कास्की काँग्रेसद्वारा सहयोग हस्तान्तरण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २१, २०७७
sahayog madi

पोखरा, २१ साउन । नेपाली काँग्रेस कास्कीले मादी गाउँपालिका वडा नं ५ ठुलोस्वाँरामा रहेको  पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई नगद १० हजार हस्तान्तरण गरेका थिए ।

विदेशमा रहेका नेपाली काँग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजारमध्यबाट १० हजार सो परिवारलाई हस्तान्तरण गरिएको हो प्रवत्ता नवीन सिग्देलले बताए ।

सहयोग हस्तान्तरण गर्न कास्की काँग्रेसका सभापति केसीसहित कोषाध्यक्ष लक्ष्मी पाण्डे, प्रवत्ता सिग्देल, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, वडा सदस्य होमनाथ अधिकारीलगायतको टोलि पुगेको थिए ।

कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले समस्यामा परेको सो परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

असार २५ गतेको अविरल वर्षापछि घर भत्किएको थियो । दिउँसो घरमा कोही नभएका बेला घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन ।

Related News

सम्बन्धित समाचार

Archives

Archives