काँग्रेस शिक्षा विभाग सदस्यमा शिक्षासेवी रानाभाट मनोनित

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २६, २०७७
chinu

पोखरा, २६ साउन । नेपाली काँग्रेस शिक्षा विभागको सदस्यमा कास्कीका शिक्षासेवी चिनु रानाभाट मनोनित भएका छन् ।

विभाग ४० सदस्यीय रहेको छ । रानाभाट प्याब्सनका केन्द्रीय सदस्य हुन् ।

उनी पोखराको फिष्टेल एकेडेमीका संस्थापक निर्देशक समेत रहेका छन् । उनी २ दशकभन्दा बढि समयदेखि शिक्षा क्षेत्रमा संलग्न छन् ।

पार्टीले दिएको जिम्मेबारी कुशलतापूर्वक पूरा गर्दै पार्टीको गरिमा बढाउन आफू लागि पर्ने रानाभाटले बताए ।

समग्र शिक्षाको विकासका लागि समर्पित भएर लागिपर्ने उनले प्रतिवद्वता व्यक्त गरे । उनी काँग्रेसका नेता पनि हुन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives