ताकुकोट स्वास्थ्य चौकीको भत्किएको बाटोमा सांसद दवाडीको नजर

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०७७
Bato 1
काठमाडौं ः नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले केही दिन अघि गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ को स्वास्थ्थ्य चौकीको एउटा तस्बिर फेसबुकमा सार्वजनिक गरे। उक्त तस्बिरमा स्वास्थ्य चौैकी जाने बाटो नै भत्किएको देखिएको थियो। उक्त बाटो हिजो आज मात्रै भत्किएको हैन विगत लामो समयदेखि विग्रिएको हो।
उक्त स्वास्थ्य चौकीबाट नजिकै गाउँपालिका कार्यालय परेपनि कसैको नजरमा स्वास्थ्य चौकी परेन। स्थानीयहरुले स्वास्थ्य चौकी जाने बाटो मात्रै नभई स्वास्थ्य चौकीको व्यवस्थापकीय पाटो पनि भद्रगोल रहेको बताएका छन्। सामाजिक सज्जालमा निकै सक्रिय पूर्व सचिव उपाध्यायले उक्त फोटो सार्वजनिक गरेपछि बारपाक सुलिकोटमा हल्लिखल्लीनै मच्चिएको थियो।
कसैको चासोमा नपरेको उक्त स्वास्थ्य चौकी जाने बाटो मर्मतका लागि गण्डकी प्रदेश सभाका सदस्य तथा सोही क्षेत्रका प्रतिनिधि प्रकाशचन्द्र दवाडीले मर्मतका लागि सहयोग गरेका छन्। दवाडीको पहल र सहयोगमा उक्त बाटो मर्मत भइरहेको छ।
‘बिगत केही दिन देखि सामाजिक संजालमा भाइरल बनिरहेको मेरो निर्वाचन क्षेत्र गोरखा २ ख को बारपाक सुलिकोट गाउॅंपालिकाको केन्द्र नजिकै रहेको ताकुकोट स्वास्थ्य चौंकी जाने मोटरबाटोको अवस्थाले मेरो गम्भीर ध्यानाकर्षण गरायो,’ प्रदेश सभा सदस्य दवाडीले भने, ‘स्वास्थ्य संस्था जाने सडकको यस्तो अबस्था बारे आजसम्म मलाई औपचारीक जानाकारी थिएन। हिजो सामाजिक संजालबाट जानाकारी पाए पछि मैले  तुरून्तै उक्त सडकलाई स्वास्थ्य चौकीसम्म अत्यावश्यक एम्वुलेन्स लगायतका यातायात पुग्न सक्ने गरि मर्मत गरेको छु।’
उनले उक्त काम आफूले कुनै भाइरल हुन नगरेको पनि बताएका छन्। ‘यो कुनै भाइरल हुनको लागी नभै आफ्नो कर्तव्य ठानेर गरेको हुनाले यसलाई त्यसरी नै बुझिदिनुहुन अनुरोध छ,’ उनले भनेका छन्। सांसद दवाडी यस्तै सामाजिक काममा लामो समयदेखि सक्रिय छन्।
‘कतैबाट पनि ध्यान नभए मलाई खबर गर्नुस मैले सकेको सहयोग म गरिहाल्छु,’ गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका प्रवक्तासमेत रहेका दवाडीले भने, ‘अहिले पनि मैले कसैको सहयोगमा गरेको काम गरेको हैन राज्यबाटै ठगिएको ठाउँमा मैले सहयोग गरेको हुँ।’
कसैले चासो नदिएको ठाउँमा सांसद दवाडीले चासो दिएको बताउँछन् स्थानीय निर्मल धिताल। ‘बाटो भत्किएको त धेरै नै भयो तर, साउनको पहिलो हप्ताचाहीँ त्यहाँबाट हिँड्नै नमिल्ने गरी पहिरिएको थियो, ’ उनले भने, ‘सांसद प्रकाश सरले थाहा पाउनु भएछ अनि आज विहानै त्यो बाटो बनाउन भन्नु भयो अहिले काम भइरहेको छ। आजबाट सजिलै स्वास्थ्य चौकी जान पाइन्छ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives