काँग्रेस क्रियाशील सदस्य गुरुङको निधन

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १५, २०७७
Dilmaya

पोखरा, १५ भदौ । पोखरा ३१ सुन्दरीडाडाँ निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य डिलमाया गुरुङको ७३ वर्षको उमेरमा निधन भएको छ ।

उनी केही महिना अघिदेखि बिरामी थिइन् । सामाजिक अगुवाका रुपमा परिचित गुरुङले पार्टीको विकास र विस्तारसँगै कार्यकर्तालाई उत्साहित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनको पार्थिव शरीर सुन्दरीडाडाँमा अत्येष्टि गरिएको छ ।

नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, नेपाली काँग्रेस पोखरा ३१ का संयोजक ध्रुवराज अधिकारी र सहसंयोजक तारामणि घिमिरले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives