नेकपा संगठित सदस्य रानाभाट काँग्रेसमा प्रवेश

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २३, २०७७
118989338_1053823321754161_4238939341301169255_n

पोखरा, २३ भदौं । नेकपामा संगठित सदस्य रामचन्द्र रानाभाट नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

मादी गाउँपालिका वडा नं १२ अलैचि निवासी उनी २०५१ देखि तत्कालिन नेकपा एमालेको संगठित सदस्य थिए । उनी रत्नशोभा प्राविका पूर्व प्रधानाध्यापक हुन् ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले रानाभाटलाई पार्टीको सदस्यता प्रदान गरेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, प्रदेश सभापति कृष्ण कोइराला, मादी १२ का संयोजक कृष्णचन्द्र बराल, नेपाल तरुण दलका नेता कमल गुरुङको उपस्थितिमा उनलाई सदस्यता प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives