पोखरा, २८ भदौ । नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ‘सिकन्दर’ को ५८ वर्षको उमेरमा निधन भएको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । उनी केही समय अघिदेखि हेपाटाइटिसबाट प्रभावित थिए ।

गुरुङ पार्टीभित्र इमान्दार, निष्ठावान, सरल र त्यागि नेताका रुपमा लोकप्रिय थिए । २०३६ र २०४६ को क्रान्तिमा अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेका गुरुङ निडर र स्पष्ट वत्ता थिए ।

बिना स्वार्थ पार्टीको शशक्तिकरण र कार्यकर्ताको समस्या बारेमा खुलेर बोल्न सक्ने नेताकोे छवि बनाएका थिए । तत्कालिन अवस्थामा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सुरक्षा दस्ताको सदस्य समेत थिए ।

उनी पछिल्लो पटक कास्की क्षेत्र नं ३(ख) प्रदेशसभामा उम्मेदवार बनेका थिए । २०१९ साल असार २९ गते अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा जन्मेका नेता गुरुङले चार दशकभन्दा बढी समयदेखि लोकतन्त्र र पार्टीका लागि योगदान पु¥याएका थिए ।

नेता गुरुङको सोमबार बिहान अन्त्येष्टि गरिने छ । पोखरा ५ मालेपाटनबाट सामाजिक दुरी कायम गरी शवयात्रा गरिने र पोखरा रामघाटस्थित बौद्व अर्घाै सदनमा अन्त्येष्टि गरिने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here