कास्की काँग्रेसद्वारा सिकन्दरको श्रद्वाञ्जली सभा

राष्ट्र न्यूज सम्वाददाता
असाेज १०, २०७७
Sava

पोखरा,१० असोज । नेपाली काँग्रेस कास्कीले स्व. नेता भोजबहादुर गुरुङ सिकन्दरको १३ औं दिनको पुुण्य तिथिमा आज श्रद्वाञ्जली सभा गरेको छ ।

कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ता,शुुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने वत्ताहरुले सिकन्दरलाई त्यागि, इमान्दार, निडर र स्पष्ट वत्ताका रुपमा स्मरण गरेका थिए ।

श्रद्वाञ्जली सभामा नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूूर्वसभामुख तारानाथ रानाभाटले सबै नेताको आँखामा बसेको नेताका रुपमा सिकन्दरलाई स्मरण गरे ।

नेता शुक्रराज शर्माले लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान गर्नेको सदैव सम्मान हुने उल्लेख गरे ।

नेता खेमराज पौडेलले पार्टीका लागि त्यागि र इमान्दार नेताको खाँचो रहेको औल्याए ।

कार्यक्रममा नेपाली काँग्र्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङ, नेपाली काँग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति पोषनाथ शर्मा, महासमिति सदस्य दीपक गुुरुङ, नेपाल महिला संघ क्षेत्र नं ३ कास्कीका सभापति खेमकुमारी गुरुङलगायतले बोलेका थिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाटले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives