अग्रज पत्रकार बास्तोलाको संयोजत्वमा युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २७, २०७७
rabindra bastola

पोखरा, २७ कात्तिक । युआरएल पत्रकारिता पुरस्कार २०७७ प्रदानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।

अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक रहेको समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र शिव खकुरेल छन् । समितिले गण्डकी प्रदेशमा स्वास्थ्य बिटमा पत्रकारिता गरिरहेका एक पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्ने छ ।

पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी ९युआरएल०ले स्थापना गरेको यो पुरस्कार मंसिर २३ गते हुने युआरएलको सातौं वार्षिकोत्सव समारोहमा वितरण गरिने सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

यसैबीच, युआरएलले विश्व मधुमेह दिवसको उपलक्ष्यमा कात्तिक २२ देखि २९ गतेसम्म खानाअघि र खानापछिको मधुमेहसम्बन्धी रक्त परीक्षण सित्तैमा गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives