आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल ६३ रनले पराजित

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २२, २०७४
closeup-of-red-cricket-ball-and-bat-sitting-on-grass-picture-id177427917

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल पराजित भएको छ । यूएईसँगको आज भएको अन्तिम खेलमा नेपाल ६३ रनले पराजित भएको हो ।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएईले ४९.२ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १ सय ९५ रनमा बनाएको थियो ।

१ सय ९६ रनको लक्षको साथ मैदानमा उत्रेको नेपालले ४२.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । नेपालका व्याट्म्यानहरु चल्न नसक्दा नेपाल पराजित हुन पुग्यो । नेपालका लागि सर्वाधिक ४२ रन बनाए भने बिनोद भन्डारीले २५ रन बनाए । सागर पुनले २१ रन बनाए भने आरिफ शेखले १४, सरद भेषावकरले १३ रन बनाए । यस्तै कप्तान पारस खड्का १० रनमै समेटिए तथा दिलिप नाथ, वसन्त रेग्मी, सन्दिप लामिछाने र सोमपाल कामी खातै नखोली पभेलियन फर्केका थिए ।

युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले ५ विकेट लिएका थिए । सोमपालले १० ओभरमा केवल २७ रन दिएका थिए । त्यस्तै ललित भण्डारी, पारस खड्का, सागर पुन र सन्दिप लामिछानले समान एकएक विकेट लिएका थिए

यसअघि पनि बुधबार भएको पहिलो खेलमा नेपाल यूएई सँग ७ विकेटले पराजित भएको थियो । डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएर मैदानमा उत्रेका थिए ।

यस हारसँगै २ वर्षसम्म आठ देश सहभागि भएको च्याम्पियनसिपमा नेपाल ७ औँ स्थानमा रहेको छ भने नामेविया अन्तिम स्थामा रहेको छ । नेदरल्याण्ड पहिलो स्थानमा रहेर विश्वकपका छनोट चरणका खेलहरुमा छनोट भएको छ भने स्कटल्याण्ड दोस्रो भएको छ । साथै हङकङ तेस्रो, पपुवा न्यूगानी चौथो, केन्या पाँचौ र यूएई सातौँ स्थानमा रहेका छन् ।

डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ मा शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुने प्रावधान रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives