एनआरएनए युवा संयोजकमा पोखराका गुरुङको उम्मेद्वारी

राष्ट्र न्यूज सम्वाददाता
असाेज २७, २०७६
himal grg

पोखरा, २७ असोज । पोखरा २७ रिठेपानी घर भएका हिमाल गुरुङले गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको नवौं अधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने भएका छन् ।

विगत १२ वर्षदेखि नेदरल्याण्डमा रहदै आएका उनले गैर अवासिय नेपाली संघ नेदरल्याण्डको सदस्यहुदै अध्यक्षसम्मको भूमिका निर्वाह गरिरहेका छन् । उनी समन्वय समितिको सदस्य पनि हुन् । अधिवेशन असोज २८ देखि ३० गतेसम्म काठमाण्डौमा हुदैछ ।

गुरुङले विदेशको सीप र पूँजी नेपालको समृद्विका लागि भित्र्याउने, स्वास्थ्य, शिक्षा, खानेपानीका क्षेत्रमा भैरहेको लगानी बढाउने र भुकम्पपछिको पुर्ननिर्माण कार्य निरन्तरता दिने बताएका छन् ।

त्यस्तै, संसदमा विचाराधीन अवस्थामा रहेको गैरआवासिय नेपालीको नागरिकता सम्वन्धी विद्येयक अगाडि बढाउने पहल गर्ने बताए ।

नेपालबाट टाढिदै गएका युवापुस्तालाई नेपालसँग जोड्ने उनको उद्देश्य छ । ‘नेपाली युवा नेपाल नै फर्कन चाहदैन उनले भने, ती युवालाई नेपालसँगको सद्भाव र आत्मियतामा जोड्न चाहन्छु।’

Related News

सम्बन्धित समाचार

Archives

Archives